निरीले हामी सबैको जीवनका रङहरू बोकुन्

निरीले हामी सबैको जीवनका रङहरू बोकुन्

ती रङहरू हाम्रा जीवनका अभिलाषाहरू हुन्

ती हाम्रा चाहानाहरू हुन्, हाम्रा सपनाहरू हुन्।

हाम्रा ज्ञान, सिप, र क्षमता निरीको दिवार बनुन्

प्रष्ट बिचार र व्यक्तित्व निरीको मान्यता हुन् ।

प्रेम निरी बनोस्, निरी प्रेम बनोस् सबैको हृदयमा

भुलेका अभिसप्त पाटाहरू निरीको निसाना हुन् ।

निरीको माया अनुसन्धान र विज्ञानसँग होस्

निरीको माया समाज, चेतना र माटोसँग होस्

निरीको माया व्यवहारिक शिक्षासँग होस् ।

जीवनको उत्तरार्धमा खुइय सुस्केरा हालेर

चौतारीमा आराम गरेर सुसेली हाल्दै गर्दा

वा उत्तरतिर टल्किएका हिमाल हेर्दै गर्दा

स्मृतिमा ‘आखिर मैले के दिए?’ भनेर सोध्दा

‘निरी’ नै हाम्रो उत्तर होस्, यौटै विकल्प होस् ।

त्यही नै हाम्रो गन्तव्य होस्, त्यही नै विरासत होस्

हाम्रो जवानी रित्तिँदै जाँदा, निरी जवान हुँदै जाओस्।

शब्द: डा. तुलसी आचार्य (Tulasi Acharya, PhD)